Duration 15:1

संसद विघटन गरेर केपी ओली जंगेको बाटो हिडे- प्रचण्ड | | Prachanda speech about kp sharma oli

543 watched
0
10
Published 29 Dec 2020

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर राणाको बाटोमा हिँडेको बताउनुभएको छ। सोमबार जनसाँस्कृतिक महासंघ, नेपालले काठमाडौं पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो। त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो।’ संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेसँगै ओलीले कलंकको टीका लगाएको उहाँले बताउनुभयो। ओलीको असंवैधानिक कदमको विरोधमा आफूहरु सडकमा आएको भन्दै प्रचण्डले भन्नुभयो, ‘केपीजीलाई धन्यवाद। तपाईले हामीलाई जनतामा जाने मुद्दा दिनुभयो। संविधान, संघीयता, गणतन्त्रको पक्षमा लड्ने मुद्धा दिनुभयो।´ #Prachanda #kpsharmaoli #Nekapa

Category

Show more

Comments - 2